काठमाडौं : कालिन्चोक दर्शनले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ११ करोड ६ लाख ७२ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज अन्तिम दिन (मंसिर २८ गते) सम्ममा ६ हजार ६११ जनाले ११ लाख ६ हजार ७२० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १०.२४ गुणा बढी आवेदन हो । कम्पनीले मंसिर १४ गतेबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुको लागि १ लाख ८ हजार कित्ता सेयर बिक्री खुला गरेको थियो ।






