मस्कले ट्वीटर खरिद गरेयता टेस्लाको सेयर भाउ २८% ले घट्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
मस्कले ट्वीटर खरिद गरेयता टेस्लाको सेयर भाउ २८% ले घट्यो

काठमाडौं : अर्बपति इलन मस्कले ट्वीटरको स्वामित्व लिएयता उनको अर्को कम्पनी ‘टेस्ला’ को भने सेयर बजारमा प्रदर्शन कमजोर बनेको छ । मस्कले गत अक्टोबर २७ मा ट्वीटर खरिद गरेर आफैंलाई प्रमुख कार्यकारी अधिकृत (सीइओ) बनाएयता टेस्लाको सेयर भाउमा २८% गिरावट आएको छ । सवारी साधनहरु निर्माण गर्ने अन्य प्रमुख कम्पनीहरुको स्टकको तुलनामा टेस्लाको प्रदर्शन निकै कमजोर देखिएको छ ।

अक्टोबर २७ यता फोर्ड, जनरल मोटर्स, फक्सवागनका साथै चिनियाँ विद्युतीय कार निर्माता बीवाईडीको सेयर भाउमा समेत सुधार हुँदा टेस्लाको मात्र घटेको हो । टेस्लाको सेयर मंगलबार ४% ले घटेर १६०.९५ डलरमा बन्द भएको छ । अमेरिकामा मुद्रास्फीति दर केही कम भएको रिपोर्ट सार्वजनिक भएपछि मंगलबार अधिकांश प्रविधि कम्पनीहरुको भाउ बढेपनि ट्वीटरको भने घटेको हो ।

Read More
  • EBL Ad news