काठमाडौं : रेटिङ एजेन्सी इक्रा नेपालले पुस २२ गते वार्षिक साधारण सभा बोलाएको छ । सभामा कम्पनीले ५१.३२% लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ । कम्पनीले गत वर्षको नाफाबाट ५२.१७% नगद र २०% बोनस सेयर गरी कुल ७२.१७% लाभांश दिन लागेको हो । यस्तै, कम्पनीको जारी तथा चुक्ता पुँजी बृद्धि गरि प्रबन्धपत्र तथा नियमावली संशोधनको एजेन्डा पनि छ ।






