पेटिएमले ५०% बढी प्रिमियम दिएर आफ्नै शेयर पब्लिकबाट बाई ब्याक गर्दै, कति मूल्यमा किन्दै छ ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पेटिएमले ५०% बढी प्रिमियम दिएर आफ्नै शेयर पब्लिकबाट बाई ब्याक गर्दै, कति मूल्यमा किन्दै छ ?

पेटिएमको पेरेंट कम्पनी वान ९७ कम्युनिकेसनले पेटिएमको शेयर बाई ब्याक गर्ने मन्जुरी दिएको छ। उसले १२ डिसेम्बरमा ८५० रुपैयाँको दरमा बाईब्याक गर्ने मन्जुरी दिएको हो। जुन मूल्यमा बाई ब्याक कर र अन्य कारोबार जोडिएको छैन।

प्रति शेयर ८१० रुपैयाँको दरमा अधिकतम ६ महिना अवधिभित्र उक्त शेयर ओपन मार्केट मार्फत खरिद गरिने छ। कम्पनीले यस बारेमा स्टक एक्सचेन्जहरूलाई जानकारी दिई सकेको छ। उक्त शेयर कम्पनीको गएको मार्च २०२२ कायम रहेको चुक्ता पूँजीको करिब १.६२ प्रतिशत हो। ८५० रुपैयाँको दरमा फुल बाईब्याक र बाई ब्याक कर जोड्दा कुल रकम एक हजार ४८ करोड भारतीय रुपैयाँ हुन आउँछ।

बाई ब्याक मूल्य मंगलबार भएको अन्तिम कारोबार मूल्य भन्दा ५० प्रतिशत बढी छ। मंगलबार कम्पनीको प्रति कित्ता शेयरको अन्तिम मूल्य ५३९.५० कायम भएको थियो। पेटिएमले २१५० रुपैयाँ प्रति कित्ताको दरमा प्राथमिक शेयर निष्कासन गरेको थियो। यस आधारमा हिले कम्पनीको शेयर मूल्य ७० प्रतिशतले तल छ। जसको लिष्टिङ १० प्रतिशत डिस्काउन्टमा हुँदा १९५० रुपैयाँमा पहिलो कारोबार भएको थियो।    

Read More
  • EBL Ad news