काठमाडौं : भारतको मुद्रास्फीति दर ११ महिनायताकै न्यून विन्दुमा पुगेको छ । नोभेम्बर महिनामा भारतको उपभोक्ता मूल्य वृद्धिदर घटेर ११ महिनाकै न्यून ५.८८% मा आएको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् । खाद्यान्नको मूल्यवृद्धि दरमा ४.६७% कमी आएपछि समग्र मुद्रास्फीति दर तल आएको हो । नोभेम्बर महिनामा उपभोक्ता मूल्यवृद्धि दर भारतीय रिजर्भ बैंकको लक्ष्यभित्र आएको हो । यद्दपि, आगामी फेब्रुअरी महिनासम्म मूल्य वृद्धिदर ६% रहने र मार्चदेखि घट्न सुरु भएर ५% मा सीमित रहने अनुमान गरिएको छ ।






