१८९९.७० बिन्दुमा नेप्से, कारोबार रकम ७७ करोडमा सीमित


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१८९९.७० बिन्दुमा नेप्से, कारोबार रकम ७७ करोडमा सीमित

मंगलबार नेप्से परिसूचक २.५७ अंकले घटेको छ।

आज नेप्से ०.१३ प्रतिशतले घटेर १८९९.७० बिन्दुमा पुगेर बन्द भएको छ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ।

अघिल्लो कारोबार दिन अर्थात् सोमबार १ अर्ब ३६ करोड ६० लाख १० हजार ४६४ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम घटेर आज ७७ करोड ७० लाख ८९ हजार १६५ रुपैयाँ पुगेको छ।

यस दिन २४८ वटा धितोपत्रको २० लाख ५८ हजार ५१० कित्ता सेयर किनबेच भएको छ।

मंगलबार सिवाइसी लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। 

Read More
  • EBL Ad news