पुस ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दै शुभम पावर


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पुस ६ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गर्दै शुभम पावर

काठमाडौं । शुभम पावर लिमिटेडले पुस ६ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्कासन गर्ने भएको हो । 
कम्पनीले सर्वसाधारणका लागि जारी पूँजी रू. २० करोडको २० प्रतिशत अर्थात ४ लाख कित्ता शेयर मध्ये २० प्रतिशत अर्थात ४ लाख कित्तामा आयोजना प्रभावित क्षेत्रका वासिन्दामा वितरण हुन नसकेको १ लाख ८० हजार ५८० कित्ता थप गरी कुल ५ लाख ८० हजार ५८० को १० प्रतिशत अर्थात ५८ हजार ५८ कित्ता शेयर वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि निष्कासन गर्न लागेको हो ।

यो शेयर खरीदका लागि पुस २० गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५ हजार कित्ताका लागि आवेदन दिनु पर्नेछ । कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

Read More
  • EBL Ad news