बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको शेयरमा करिब २७ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार ४ः१४ बजेसम्ममा १२ लाख १६ हजार १५३ आवेदकबाट १ अर्ब ३८ करोड ७१ लाख २२ हजार रुपैयाँ बराबरको १ करोड ३८ लाख ७१ हजार २२० कित्ता शेयरको लागि आवेदन परेको हो ।
यो सर्वसाधारणको लागि छुट्टाएको ५ लाख १५ हजार २२० कित्ता शेयरको १६.९२ गुणा बढी हुन आउँछ ।
कम्पनीले यस अघि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि २ लाख ५० हजार कित्ता शेयर निष्काशन गरेको थियो। सोमध्ये १ लाख ४६ हजार कित्ता शेयर बाँडफाँट गरी बाँकी रहेको १ लाख ४ हजार कित्ता शेयर र सर्वसाधारणका लागि छुट्याइएको ४ लाख ५० हजार कित्ता शेयर गरी कुल ५ लाख ५४ हजार कित्ता शेयर कम्पनीले सर्वसाधारणका लागि निष्काशन ल्याएको हो ।
त्यस मध्ये ५ प्रतिशत अर्थात २७ हजार कित्ता शेयर सामूहिक लगानी कोषहरुको लागि बाँडफाँट गरिएको छ भने २ प्रतिशत अर्थात ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याईएको छ। लगानीकर्तालाई बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयर मात्रै वितरण हुनेछ ।






