लुम्बिनी विकास बैंक लिमिटेडले देशका बिभिन्न ठाउँमा बैंकिङ्ग सेवा पुर्याउने उद्देश्यले मिति २०७९ मंसिर २६ गते देखि थप २ वटा शाखा कार्यालयहरु तथा १ एक्सटेन्सन काउण्टरको उद्घाटन गरेको छ । नयाँ खोलिएका शाखाहरुमा ८७ औँ शाखाको रुपमा ललितपुर जिल्ला, महालक्ष्मी नगरपालिका वडा नं. ०१ स्थित इमाडोल शाखा, ८८औँ शाखाको रुपमा भक्तपुर जिल्ला, भक्तपुर नगरपालिका वडा नं. १० स्थित कमलबिनायक शाखा र एक्सटेन्सन् काउण्टरको रुपमा ललितपुर जिल्ला गोदावरी नगरपालिका वडा नं. ०५ स्थित लेले एक्सटेन्सन् काउण्टर रहेको छ ।
यस विकास बैंकको इमाडोल शाखाको उद्घाटन विकास बैंकका सञ्चालक समितिका अध्यक्ष श्री प्रविण कृष्ण श्रेष्ठ र महालक्ष्मी नगरपालिकाका नगर प्रमुख श्री हरि गोबिन्द श्रेष्ठ ले संयुक्त रुपमा गर्नुभयो । त्यसैगरी कमलबिनायक शाखाको उद्घाटन बैंकका सञ्चालक श्री चिन्तामणि भट्टराई र भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिले संयुक्त रुपमा गर्नुभयो । साथै, लेले एक्सटेन्सन् काउण्टरको उद्घाटन विकास बैंकका सञ्चालक श्री प्रताप कुमार आचार्य र गोदावरी नगरपालिका वडा नं. ०५ वडा अध्यक्ष श्री मिलन सिलवालले संयुक्त रुपमा गर्नुभयो ।
देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंकको आज थप दुई नयाँ शाखाहरु तथा पहिलो एक्सटेन्सन काउण्टरको उद्घाटन भएसंगै बैंकको बिभिन्न स्थानहरुमा गरी जम्मा ८८ वटा शाखा कार्यालयहरु र १ वटा एक्सटेन्सन काउण्टर स्थापना भएको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजना कार्यान्वयनमा ल्याएको छ ।








