नेप्से फेरि १९ सयकै लाइनमा फर्कियो, ब्याजदर घट्ने अपेक्षामा बजार दोहोरो अंकले बढ्यो


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेप्से फेरि १९ सयकै लाइनमा फर्कियो, ब्याजदर घट्ने अपेक्षामा बजार दोहोरो अंकले बढ्यो

काठमाडौं : सेयर बजार सूचक नेप्से पुनः १९ सय विन्दुमाथि उक्लिएको छ । लगानीकर्ताका लागि यस्तो विन्दुहरुको मनोवैज्ञानिक प्रभाव बढी रहने गर्छ । यसअघि आइतबार बजारले १९ सयको विन्दुलाई छाड्दै १८ सयको लाइनतिर झरेको थियो । सोमबार नेप्से सूचक १६.९७ अंकले बढेर १९०२.२८ विन्दुमा आएको छ । १ अर्ब ३६ करोड रुपैयाँको सेयर कारोबार भएको छ । २ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

 

अब पुसदेखि बैंकहरुले ब्याजदर घटाए भने सेयर बजार पनि सकारात्मक हुने अनुमान गरिएको छ । ब्याजदर घट्ने अपेक्षामै सोमबार अन्तिम प्रहरमा नेप्से दोहोरो अंकले बढेर पुनः १९ सयकै लाइनमा फर्किएको हो । त्यसो त यतिबेला सेयर बजारका लगानीकर्ताले ब्याजदरलाई निकै ध्यान दिइरहेका छन् । मंसिरदेखि लागू हुने गरी विकास बैंक र फाइनान्स कम्पनीहरुले ब्याजदर घटाए पनि वाणिज्य बैंकहरुले भने यथावत् राखेका थिए ।

Read More
  • EBL Ad news