काठमाडौं : नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट ३०% लाभांश दिने भएको छ । बैंकले १८.५०% बोनस सेयर र कर सहित ११.५०% नगद गरी कुल ३०% लाभांश दिने निर्णय गरेको हो । प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनसीसीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष बैंकले ३३.६०% बोनस र ४.४% नगद लाभांश गरी कुल ३८% लाभांश दिएको थियो ।




