वरिष्ठ पत्रकार किशोर नेपाल आजभोलि सामाजिक सञ्जालमा देखिँदैनन् । पत्रकार नेपालको फेसबुक र ट्विटर अकाउन्टमा ह्याकरले आँखा लगाएपछि उनी सामाजिक सञ्जालमा नदेखिएका हुन् । कार्तिक ६ बाट समस्या आएको उनको फेसबुक पेज अहिले डाउन छ । ट्विटर अकाउन्ट पनि रिकभर भएको छैन ।
वरिष्ठ पत्रकार नेपालले आफ्नो फेसबुक र ट्विटर अकाउन्टमा समस्या आएको बारे प्रहरीलाई जानकारी गराएका छन् । साइबर ब्युरोले त्यसबारे अनुसन्धान गरिरहेको छ । ‘उहाँको अकाउन्ट ह्याक भएको छ’ साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति राय भन्छन्–‘रिकभर गर्ने प्रयास गरिरहेका छौँ ।’








