सनिगाड हाइड्रो लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपिओ निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्रि प्रबन्धक चयन गरेको छ ।
बिक्रि प्रबन्धक नियुक्ति समबन्धि सम्झौतामा कम्पनीको तर्फवाट अध्यक्ष राजेश कुमार श्रेष्ठ तथा क्यापिटलको तर्फवाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियवासी, नेपाल सरकारको सम्बन्धित नियकाबाट श्रम स्वीकृति लिई विदेशमा रोजगारी गरिरहेका नेपाल नागरिकहरु तथा सर्वसाधारणको लागि १०० अकिंत दरको ६७,५०,००० कित्ता शेयर निष्काशन गर्न लागेको हो ।





