काठमाडौं : बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा १ अर्ब १० करोड १६ लाख २७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर २५ गते) सम्ममा ९ लाख ५६ हजार ६४१ जनाले १ करोड १० लाख १६ हजार २७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा २१.३८ गुणा बढी आवेदन हो ।
कम्पनीले मंसिर २१ गतेदेखि ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता सेयरसमेत थप गरी उक्त सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । अर्थात, प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।






