काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साताको कारोबारको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । आज नेप्से ३१.९७ अंकले घटेर एक हजार ८ सय ८५ दशमलब ३१ विन्दुमा बन्द भएको छ । गत बुधबार नेप्से परिसूचकांक एक हजार ९ सय १७ दशमलब २८ विन्दुमा बन्द भएको थियो । मंगलबार नेप्से ४.८७ अंकले घटेर एक हजार ९ सय ३३ दशमलब ८८ विन्दुमा बन्द भएको थियो ।
त्यस्तै, आज शेयर बजार को परिसूचकांकसँगै कारोबार रकम पनि घटेको छ । बुधबार नेप्सेमा एक अर्ब ६५ करोड ४६ लाख रुपैयाँ बराबरको करोबार भएको छ । मंगलबार नेप्सेमा ९६ करोड ५२ लाख रुपैयाँ बराबरको करोबार भएको थियो । आइतबार एक अर्ब १० करोड ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । ...






