पाँचथर पावरले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
पाँचथर पावरले बोलायो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्दै

पाँचथर पावर कम्पनी लिमिटेडले सातौँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले पुस १८ गते होटल इम्पेरियल काठमाडौँ, बत्तीसपुतलीमा सो सभा बोलाएको हो। सो सभा बिहान ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजी ९६ करोड २५ लाख रुपैयाँको ७ प्रतिशतका दरले ६ करोड ७३ लाख ७५ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस ७ गते एक दिन बुकक्लोज गर्ने भएको छ। यस अनुसार पुस ६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Read More
  • EBL Ad news