काठमाडौं । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको आईपीओमा माग भन्दा १४ दशमलव ०२ गुणा बढी आवेदन परेको छ । सिडिएस क्लियरिङ्गका अनुसार शुक्रवार २ बजे सम्ममा ६ लाख २१ ह्जार ३८ जना आवेदकले ७२ लाख २७ हजार ५९० कित्ताका लागि आवेदन दिएका हुन । यो सर्वसाधारणको लागि निष्कासन गरिएकोमा कित्तालाई आधार मान्दा १४ दशलमव ०२ गुणा बढी आवेदन परेको हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयमा आईपीओ बाँडफाँट गरी दोस्रो चरणमा मंसिर २१ गते देखि सर्वसाधारणका लागि ५ लाख ५४ हजार कित्ता शेयर निष्कासन गरेको हो । ।
सर्वसाधारणमा वितरण गरिने कुल कित्ता शेयरमध्ये २७ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोषहरूको लागि बाँडफाँट गरिएको छ भने ११ हजार ८० कित्ता शेयर कर्मचारीका लागि छुट्याइएको छ । यीबाहेक बाँकी ५ लाख १५ हजार २२० कित्ता शेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यो शेयर मङ्सिर २६ गतेसम्म विक्रीमा रहनेछ ।




.jpg)

