२३ मंसिर, काठमाडौं । पाँचथर पावर कम्पनीले सेयरधनीलाई ७ प्रतिशत नगद लाभांश दिने भएको छ ।
२२ मंसिर बिहिबार बसेको कम्पनी सञ्चालक समितिको बैंठकले सेयरधनीलाई उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
९६ करोड २५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीले ७ प्रतिशतले हुन आउने ६ करोड ७३ लाख ७५ हजार नगद लाभांश वितरण गर्ने भएको हो । कम्पनीको प्रस्तावित लाभांश आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।






