१५ वाणिज्य बैंकले घोषणा गरे लाभांश


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
१५ वाणिज्य बैंकले घोषणा गरे लाभांश

काठमाडौँ — हालसम्म १५ वटा वाणिज्य बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीका लागि लाभांश घोषणा गरेका छन् । कम्पनीले नगद र सेयर गरी दुई किसिमका लाभांश लगानीकर्तालाई दिने गर्छन् । यसपटक धेरै कम्पनीले नगद लाभांशलाई प्राथमिकता दिएका छन् ।

उदाहरणको रुपमा, कुनै कम्पनीले लगानीकर्तालाई १० प्रतिशत नगद र ५ प्रतिशत सेयर लाभांश घोषणा गरेको खण्डमा, १ सय कित्ता सेयर हुने लगानीकर्ताले सो कम्पनीबाट १ हजार नगद र ५ कित्ता थप सेयर लाभांशस्वरुप पाउँछन् ।

लाभांश घोषणा गरेकामध्ये १० बैंकहरु एभरेस्ट, ग्लोबल आईएमई, स्टान्डर्ड चार्टर्ड, मेगा, इन्भेस्टेन्ट, कुमारी, बीओके, सिटिजन्स, एनसीसी र सानिमाको बुक क्लोज भइसकेको छ । यसको अर्थ बुक क्लोज भएका यी बैंकको सेयर अब खरिद गर्नेले यो वर्ष लाभांश पाउने छैनन् । प्रभु बैंकले आगामी मंगलबारका लागि बुक क्लोजको मिति तय गरेको छ भने सेन्चुरीले आगामी शुक्रबार बुक क्लोजको मिति तय गरेको छ । बाँकी ३ बैंक सिद्धार्थ, एनएमबी र एसबीआईले बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।

११ वाणिज्य बैंकले भने लाभांश घोषणा गर्न बाँकी छ । लाभांश घोषणा गर्न बाँकी रहेका बैंकमा नबिल, प्राइम, माछापुच्छ्रे, एनआईसी एसिया, कृषि विकास, राष्ट्रिय वाणिज्य, नेपाल, हिमालयन, लक्ष्मी, सनराइज र सिभिल बैंक छन् । ...

Read More
  • EBL Ad news