बाराही हाइड्रोपावरको आइपीओ कतिले भरे ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
बाराही हाइड्रोपावरको आइपीओ कतिले भरे ?

काठमाडौं : बाराही हाइड्रोपावर कम्पनीको आइपीओमा ६५ करोड १६ लाख १७ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर २३ गते) बिहान १० बजेसम्ममा ५ लाख ५८ हजार ६८७ जनाले ६५ लाख १६ हजार १७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा १२.६४ गुणा बढी आवेदन हो ।
 

कम्पनीले मंसिर २१ गतेदेखि ५ करोड ५४ लाख रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरुले आवेदन नदिएको १ लाख ४ हजार कित्ता सेयरसमेत थप गरी उक्त सेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो । अर्थात, प्रतिकित्ता १०० अंकित मूल्यका दरले कुल ५ लाख ५४ कित्ता साधारण सेयर निष्कासन गरेको हो ।
 

Read More
  • EBL Ad news