कुमारी बैंकले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएकोे छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १०% प्राथमिक शेयर निश्कासनमा आवेदन दिने व्यवस्था मिलाईएको छ । श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोलि प्राथमिक शेयरमा आवेदन दिन सकिने छ। बैंकले शाखा अथवा अनलाइन माध्यमबाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ ।
वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक शेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधा ले मद्दत गर्ने विश्वास गरिएको छ ।
आफ्ना देशव्यापी १९९ शाखा सञ्जाल, १९५ एटिएम, ६० शाखारहित बैंकिङ्ग ईकाई तथा ३६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक सेवासुविधाहरु प्रदान गर्दै आएको छ ।





