भारतमा शेयर कारोबार समय परिवर्तन, बजार थप डेढ घन्टा खुलाउने तयारी


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
भारतमा शेयर कारोबार समय परिवर्तन, बजार थप डेढ घन्टा खुलाउने तयारी

नयाँदिल्ली(भारत) । भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डिया (आरबीआई) ले कारोबार समयमा व्यापक  हेरफेर गरेको छ। 

कारोबार समयलाई परिवर्तन गरेर आरबीआईले कोरोना महामारीअधिको अवस्थामा फर्काउने निर्णय गरेको हो। भारतको केन्द्रीय बैंकको यो निर्णयपछि अब शेयर बजारमा कारोबार समय बढेको छ। 

नयाँ परिवर्तित समय अगामी डिसेम्बर १२ देखि लागू हुने भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्। आरबीआईले डिसेम्बर १२ देखि कोरोनाअघिको अवस्था अर्थात् बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म कारोबार गर्ने निर्णय गरेको छ। यसअघि  अपरान्ह ३ः३० बजेसम्म शेयर बजार खुल्ने गरेको थियो। अव लगानीकर्ताले कारोबारका लागि डेढ घन्टा थप समय पाउने बताइएको छ । 

Read More
  • EBL Ad news