बीवाइडीका कार किन्ने ग्राहकलाई नबिल बैंकले ऋण दिने


  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
बीवाइडीका कार किन्ने ग्राहकलाई नबिल बैंकले ऋण दिने

काठमाडौं । विद्युतीय कार किन्न चाहने ग्राहकको सहजताको लागि नेपालका लागि बीवाइडी अटो इन्डष्ट्रीजको आधिकारीक वितरक साइमेक्स इंकले बैंकिङ सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकसँग एक सम्झौंता गरेको छ ।

दुई संस्था बीच भएको सम्झौंता अनुसार अब बीवाइडीको कुनै पनि गाडी किन्न चाहने ग्राहकले नविल बैंकबाट कर्जा सुविधा पाउने छन्। उक्त सम्झौंता एक कार्यक्रमका बीच बुधबार भएको हो । सम्झौंता अनुसार बीवाइडीले विक्री गर्ने विद्युतीय गाडीमा नबिल बैंकले कर्जा प्रबाह गर्ने उल्लेख छ । 

नेपाल राष्ट्र बैंकले नै विद्युतीय कारमा ८० प्रतिशतसम्म कर्जा दिन सकिने ब्यवस्था गरेको कारण नविल बैंकले पनि त्यहि अनुसार ८० प्रतिशतसम्म कर्जा दिने जनाएको छ ।

Read More