ग्लोकल प्रा. लिमिटेडले, भारत नयाँ दिल्लीस्थित लिथुआनियाको राजदूतावास र बैंकिङ साझेदारको रूपमा नबिल बैंकसँगको साझेदारीमा मधेस प्रदेशको लहान, जनकपुर र बर्दिबास सहरमा २०० महिलाहरूका लागि वित्तीय साक्षरता तालिमको ६ ब्याचमा सफलतापूर्वक सञ्चालन गरेको छ । वित्तीय शिक्षा प्रवर्द्धन र नेपालमा महिलाहरूको वित्तीय साक्षरता ज्ञान र सीपहरूको विकास गर्ने उद्देश्यले उक्त तालिम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रमको समापन समारोह अन्तर्गत पत्रकार सम्मेलन गरिएको थियो जसमा लिथुआनियाको राजदूतावास, युरोपियन युनियनका प्रतिनिधि, नबिल बैंकका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।







