कुमारी बैंकको कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा


  • Nepal Bank News Ad
  • Laxmi Sunrise Bank Ad
  • Himalayan Bank Limited (HBL)
कुमारी बैंकको कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले वैदेशिक रोजगारमा रहेका नेपालीका लागि कुमारी रेमिट आईपीओ बचत खाता सञ्चालनमा ल्याएको छ । यस खाता मार्फत वैदेशिक रोजगारमा रहेका आवेदनकर्ताहरुका लागि सुरक्षित गरिएको १०% प्राथमिक सेयर निष्काशनमा आवेदन दिने व्यवस्था मिलाईएको छ ।

श्रम स्वीकृति, वैध भिसा र पासपोर्टका आधारमा रेमिट आईपीओ बचत खाता खोलि प्राथमिक सेयरमा आवेदन दिन सकिने छ । बैंकले शाखा अथवा अनलाइन माध्यम बाट समेत सो खाता खोल्न सकिने व्यवस्था मिलाएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीले प्रथमिक सेयरमा लगानी गर्ने अवसरलाई सुनिश्चित गर्न कुमारी बैंकले ल्याएको यस सुविधाले मद्दत गर्ने विश्वास गरिएको छ ।

Read More