नेशनल हाइड्रोपावरले एक महिनाभित्रै हकप्रद शेयरजारी गर्दै, ५० रुपैयाँको शेयर २०० पुग्नुकाे रहस्य


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
नेशनल हाइड्रोपावरले एक महिनाभित्रै हकप्रद शेयरजारी गर्दै, ५० रुपैयाँको शेयर २०० पुग्नुकाे रहस्य

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नेशनल हाइड्रोपावर कम्पनी(एनएचपीसी)लाई हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिने अन्तिम तयारीमा छ । कम्पनीले कात्तिक २२ गते चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने अनुमति माग्दै बोर्डमा आवेदन दिएको थियो । 

त्यही आवेदनका आधारमा बोर्डले उक्त कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिन लागिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

यता नेशनल हाइड्रोपावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले पनि हकप्रद शेयर जारी गर्नका लागि छिट्टै बोर्डबाट अनुमति पाउन लागेको बताए । ‘हकप्रद शेयर जारी गर्नका लागि हामी भन्दा दुई कम्पनी पहिला नै निवेदन दिएका रहेछन्,’ उनले भने, ‘हामीहरु तेस्रो नम्बरमा रहेकाले उनीहरुले अनुमति पाएपछि हामीले पाउँछौं ।’

नेशनल हाइड्रोपावर कम्पनीले अब बढीमा एक महिना भित्रमा हकप्रद शेयर जारी गरिसक्ने पनि अध्यक्ष पाण्डेले बताए । ‘हकप्रद शेयरको अनुमतिका लागि प्रकृया सबै पुगेकाले धेरै समय लाग्दैन्,’ अध्यक्ष पाण्डेले भने, ‘प्रकृया नपुगेको भन्ने छैन् । बोर्डले हेर्न नभ्याएको मात्रै हो ।’

बोर्डबाट अनुमति पाउन साथ हकप्रद शेयर जारी गर्ने पनि अध्यक्ष पाण्डेले बताए । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ८२ लाख २१ हजार ४५९ दशमलव ७१७८ कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि सेबोनमा निवेदन दिएको थियो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ । ५० प्रतिशत हकप्रद शेयर निष्कासन तथा बाँडफाँट पश्चात् कम्पनीको पूँजी २ अर्ब ४६ करोड रुपैयाँ भन्दा बढी पुग्नेछ । हकप्रद शेयर बिक्रीका लागि कम्पनीले मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्ति गरिसकेको छ ।

हकप्रद शेयर जारी गर्ने प्रस्ताव पारित गर्नका लागि कम्पनीले भदौ १० गते विशेष साधारणसभा बोलाएको थियो । उक्त साधारणसभाले हकप्रद शेयर बितारण गर्ने प्रस्ताव पारित गरेको थियो । एनएचपीसीले सुनकोशी हाइड्रोपावरलाई प्राप्ति गरेपछि झनै बलियो भएको छ ।

Read More
  • EBL Ad news