काठमाडौँ / सानिमा बैङ्क लिमिटेडले आज बुधबार विभिन्न कार्यक्रमहरूको आयोजना गरी आफ्नो १८ औँ बार्षिकोत्सव मनाएको छ । बैङ्कले शैक्षिक छात्रवृत्ति, रक्तदान तथा अन्य कार्यक्रमहरू सम्पन्न गरी आफ्नो बार्षिकोत्सव मनाएको हो ।
बार्षिकोत्वको अवसरमा बैङ्कको केन्द्रीय कार्यालय नक्सालमा आयोजित कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत निश्चल राज पाण्डेले अनवरत रूपमा १० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई सम्मान गरेका छन् ।
उक्त कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत पाण्डेले १८ वर्षको अवधिमा सबल अनि विश्वसनीय बैङ्कको रूपमा स्थापित हुन सफल भएकोमा खुसी व्यक्त गर्दै बैङ्कलाई सफल बनाउन सहयोग गर्ने बैङ्कका सञ्चालक समिति, व्यवस्थापन समूहलगायत सम्पूर्ण कार्यरत कर्मचारी तथा अन्य सरोकारवालाहरूमा कृतज्ञता ज्ञापन गरे ।








