लगातारजसो किन घटिरहेको छ सेयर बजार ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
लगातारजसो किन घटिरहेको छ सेयर बजार ?

काठमाडौं : सेयर बजार सुस्त हुनेक्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक १६.६१ अंकले घटेर १९१७.२८ विन्दुमा आएको छ । १ अर्ब ६५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । लामो समयदेखि १९ सयको रेखामा घुमिरहेको बजारले यसलाई तोडेर २ हजारको लाइनमा जान सकेको छैन । यही १९ सयकै रेखामा फेरि सानातिना करेक्सनहरु आइरहेको छ । पछिल्ला दिनहरुमा धमाधम मर्ज तथा एक्विजिसनमा गएका कम्पनीहरुको पुनः कारोबार खुला भइरहेको छ । यसले बजारमा सप्लाई बढाएको छ ।

बजार घट्नुको एउटा प्रमुख कारण यसलाई पनि मानिएको छ । घट्दो बजारमा लगानीकर्ताको मनोबल थप कमजोर हुनु अर्को गिरावटको कारण हो ।  चर्को ब्याजदर लगायतका समस्या त छँदैछ । थोरै लगानीकर्तामा यसअघि प्रतिबन्ध लगाइएका वस्तुहरुको आयात खुला गरिएपछि पुनः शोधनान्तरमा चाप पर्ने त होइन भन्ने आंशका पनि देखिएको छ । यसले बजार घटाउन केही हदसम्म सहयोग पुर्याएको अनुमान गरिएको छ ।

Read More
  • EBL Ad news