काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्नका लागि नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको छ ।
कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा रू. १६ प्रिमियम थपेर प्रतिकित्ता रू. ११६ मा १४ लाख ३० हजार १६२ कित्ता आईपीओ निष्कासन गर्नका लागि मङ्सिर २० गते सेबोनमा निवेदन दिएको हो ।
कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आईपीओ निष्कासन गर्दै छ । विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
सेबोनबाट स्वीकृति पाएपछि कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा गएका नेपालीसहित स्थानीय बासिन्दाको लागि आईपीओ निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणको लागि निष्कासन गर्नेछ ।




.jpg)

