चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको मंगलबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८÷७९ को मुनाफाबाट वितरण गर्ने लाभांश घोयाणा गरेको हो ।
कायम चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर र ७.५ प्रतिशत नगद गरी १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।
कम्पनीको चुक्ता पूँजी ६ अर्ब ७५ करोड १७ लाख ९४ हजार ६ सय ७५ रुपैयाँ २३ पैसा छ । यस अनुसार कम्पनीले ५० करोड ६३ लाख ८४ हजार ६ सय रुपैयाँ ६४ पुस बराबरको नगद लाभांश र यति नै बराबरको बोनस सेयर वितरण गर्नेछ ।





