काठमाडौं : सुपर मादी हाइड्रोपावरले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ६६ लाख ६८ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर २० गते) कार्यालय समयसम्म ४८९ जनाले ६६ हजार ६८० कित्ताको लागि आवेदन दिएका छन् । सुपर मादीले आज (मंसिर २० गते) देखि आयोजना प्रभावित क्षेत्रका स्थानीयहरुका लागि आइपीओ बिक्री खुला गरेको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँको दरले ३१ लाख ५० हजार कित्ता साधारण सेयर स्थानीयलाई बिक्री खुला गरेको हो । सोमध्ये आयोजना अति प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाको वडा नं. १ र २ का स्थानीय बासिन्दाहरुको लागि ३ लाख १५ हजार कित्ता छुट्याएको छ । त्यस्तै, आयोजना प्रभावित क्षेत्र कास्की जिल्लाको मादी गाउँपालिकाका अन्य वडा नं ३, ४, ५, ६, ७, ८, ९, १०, ११ र १२ तथा पोखरा महानगरपालिका वडा नं. २६, २७ र २८ का स्थानीय बासिन्दाहरुको लागि ७ लाख ३५ हजार कित्तामा आवेदन दिन सक्नेछन् ।






