२१ कम्पनीको शेयर कारोबार अझै रोक्का


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
२१ कम्पनीको शेयर कारोबार अझै रोक्का

काठमाडौं । मर्जर तथा प्राप्ति प्रयोजनका कारण हाल रोकिएका कम्पनीको शेयर कारोबार तत्कालका लागि खुला गर्नुपर्ने व्यवस्था लागू भए पनि अझै २१ कम्पनीको शेयर कारोबार रोक्का नै रहेको छ ।

नेपाल धितोपत्र बोर्डले गत कात्तिक २४ गतेदेखि संंगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ लागू गरेको थियो । उक्त निर्देशिकामा भएको व्यवस्थाअनुसार सूचीकृत कम्पनीहरूले मर्जर तथा प्राप्ति प्रक्रिया पूरा गरी एकीकृत कारोबार गरेपछि बढीमा १५ दिन कारोबार रोक्का हुन्छ । निर्देशिका लागू हुनुपूर्व मर्जर तथा प्राप्तिका कारण रोक्का रहेको कम्पनीहरूको शेयर कारोबार तत्कालका लागि फुकुवा हुनुपर्ने भए पनि हालसम्म १३ कम्पनीले मात्र कारोबार फुकुवा गरेका छन् ।

बोर्डले निर्देशिका लागू गर्नुपूर्व मर्जर तथा प्राप्ति प्रयोजनका लागि ३४ कम्पनीको शेयर कारोबार रोक्का थियो । बोर्डले निर्देशिका लागू हुनुपूर्व मर्जर तथा प्राप्ति प्रयोजनका कारण रोकिएका कम्पनीको आधारभूत शेयरधनीबाहेकको शेयर कारोबार फुकुवा हुने व्यवस्था गरेको हो ।

Read More
  • EBL Ad news