काठमाडौं । आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । परिसूचक २४ दशमलव ४६ अङ्कले घटेर एक हजार नौ सय ३८ दशमलव ७६ अङ्कमा कायम भएको हो । आज दुई सय ४० वटा कम्पनीको ४१ लाख २७ हजार दुई सय ८६ कित्ता शेयर २६ हजार चार सय ७५ पटक खरिदबिक्री हुँदा रु एक अर्ब ६७ करोड चार लाख ५५ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा १४ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने एक सय ८१ वटा कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै, सबै समूहको उपसूचक घटेको छ । सबैभन्दा धेरै जीवन बीमा समूहको उपसूचक एक सय ३५ दशमलव ९२ अङ्कले घटेको छ भने उत्पादन समूहको उपसूचक एक सय २३ दशमलव ४७ अङ्कले घटेको छ ।






