काठमाडौं : कालिन्चोक दर्शनले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा ३ करोड १० लाख ७५ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर १८ गते) सम्म ५७१ जनाले ३ लाख १० हजार ७५० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा २.८७ गुणा बढी आवेदन हो ।
कालिन्चोक दर्शन लिमिटेडले मंसिर १४ गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोडको २% ले हुने १ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो । तसर्थ, स्थानीयले १ लाख २० हजार कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन् ।






