सानिमा बैंकको शेयर मूल्य समायोजन, सोमवारदेखि कारोबार हुने


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको शेयर मूल्य समायोजन, सोमवारदेखि कारोबार हुने

काठमाडौं । सानिमा बैंक लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बैंकको प्रस्तावित बोनस शेयर प्रयोजनका लागि मूल्य समायोजन गरेको हो । नेप्सेले बैंकको आइतवार कायम अन्तिम शेयर मूल्य रू. २७१ दशमलव ९० को आधारमा १० प्रतिशत बोनस शेयर पछिको मूल्य रू. २४७ दशमलव १८ तोकेको हो ।

सानिमा बैंकले गत आर्थिक वर्ष ०७८/७९ सम्मको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापूँजीको आधारमा १० प्रतिशत बोनस शेयरसँगै कर प्रयोजनका लागि समेत शून्य दशमलव ९८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । प्रस्तावित लाभांशसहित अन्य विविध प्रस्ताव पारितका लागि बैंकले पुस ३ गते १८औं वार्षिक साधारण सभा बोलाएको छ ।

Read More
  • MBL - below news