सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्युआर कार्डबाट


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
सानिमा बैंकको शैक्षिक कर्जा प्रमाणीकरण क्युआर कार्डबाट

काठमाडौँ / सानिमा बैंकले नेपालमै पहिलो पटक क्युआर कार्ड समाहित शैक्षिक कर्जा स्वीकृति पत्र प्रयोगमा ल्याएको छ । 

विदेशी शैक्षिक संस्थामा अध्ययन गर्न जाँदा विद्यार्थीहरुले लिने शैक्षिक कर्जाको प्रमाणीकरण बैंकले विभिन्न निकायहरुमा गर्नुपर्ने हुन्छ । 

त्यसैले, यो प्रकृयालाई सरल र छिटो गर्ने उद्देश्यले क्युआर कार्ड सहितको कर्जा स्वीकृति पत्र सानिमा बैंकले ल्याएको छ ।

हाल कर्जा स्वीकृति पत्रको प्रमाणीकरण विभिन्न निकायहरुबाट पटक पटक फोन वा इमेल मार्फत हुँदै आएकोमा अब उप्रान्त कर्जा स्वीकृती पत्रमा उल्लेखित क्युआर कार्ड स्कयान गरी बैंकको आधिकारिक वेबसाइट मार्फत् विश्वको कुनै पनि स्थानबाट केही क्षणमा नै कर्जा प्रमाणित गर्न सकिनेछ । यो प्रविधिले विद्यार्थीको भिसा प्रक्रिया सरल र छिटो गर्न पनि सहयोग मिल्नेछ । 

Read More
  • MBL - below news