काठमाडौँ — त्रिशूली जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) खरिद गरेर सम्पूर्ण रुपमा रकम भुक्तानी नगर्नेको सेयर नै जफत हुने भएको छ । त्रिशुली जलविद्युत् कम्पनीले एक सूचना जारी गर्दै सेयरवापतको सबै रकम भुक्तानी गर्न फागुन १७ गतेसम्मको म्याद दिएको छ ।
सो समयभित्र पनि रकम भुक्तानी नगरेमा यसअघि तिरिसकेको र ब्याज समेत जोड्दा थपिने रकमको मात्रै सेयर दिई बाँकी सेयर जफत गरिने कम्पनीले जनाएको छ ।
आईपीओ खुल्दा सुरुमा प्रतिकित्ता १० रुपैयाँका दरले कम्पनीले रकम संकलन गरी बाँकी ९० रुपैयाँ पछि माग गर्ने जनाएको थियो । सोअनुसार पहिले प्रतिकित्ता १० रुपैयाँका दरले पैसा बुझाएर सेयर भरेकालाई सेयर बाँडफाँट भइसकेको छ । ती सेयरधनीलाई अब प्रतिकित्ता ९० रुपैयाँ बुझाउनुपर्नेमा ८८ रुपैयाँ ७४ पैसाका दरले बुझाउन भन्दै कम्पनीले सूचना जारी गरेको हो ।





