ट्वीटरमा अब तीन रङको भेरिफिकेसन, व्यक्तिगत खातालाई निलो चिन्ह


  • Nepal Bank News Ad
  • NABIL Bank Ads
  • Laxmi Sunrise Bank Ad
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
ट्वीटरमा अब तीन रङको भेरिफिकेसन, व्यक्तिगत खातालाई निलो चिन्ह

एलन मस्कको नियन्त्रणमा आएपछि सामाजिक सञ्जाल ट्वीटरमा लगातार परिवर्तन भइरहेको छ । मस्कले ४४ अर्ब डलरमा माइक्रो ब्लगिङ साइट ट्वीटर खरीद गरेका थिए ।

ट्वीटरको भेरिफिकेसन ब्याज अर्थात् ट्वीटर ब्लु टिकबाट मस्कले पैसा कमाउन चाहन्छन् र उनी यसलाई सब्सक्रिप्सनमा आधारित सेवा बनाउने तयारीमा छन् । यद्यपि मस्कको उक्त प्रयासमा अहिलेसम्म कुनै पनि सकारात्मक नतिजा आएको छैन ।

मस्कले ब्लु टिक लिनका लागि शुल्क तिर्नुपर्ने नियम लागु गरेसँगै मानिसहरुले यसको गलत प्रयोग गर्न थाले । मासिक ८ डलर शुल्क तिर्नुपर्ने उक्त नियमको दुरुपयोग भएसँगै अन्य विभिन्न कम्पनीले करोडौं रुपैयाँ घाटा व्यहोर्नुपर्यो । त्यसपछि मस्कले तत्कालै ब्लु टिक सब्सक्रिप्सन बन्द गरे । अहिले त्यही सेवालाई मस्कले नयाँ रुपमा लञ्च गर्ने योजना बनाइरहेका छन् ।

Read More
  • MBL - below news