काठमाडौँ । नबिल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शैक्षिक क्रियाकलाप, विज्ञान तथा प्रविधि, स्वास्थ्य, साहित्य तथा कला आदि क्षेत्रमा विभिन्न सामाजिक कल्याणका कार्य निरन्तर रुपमा गर्दै आइरहेको छ । सरकारले अघि सारेको दिगो विकासको लक्ष्यलाई सघाउन नबिल बैंकको दिगो बैंकिङ कार्यक्रमअन्तर्गत बैंकले ग्रामीण क्षेत्रमा वित्तीय पहुँच न्यून भएका वर्गलाई कृषि क्षेत्रको व्यावसायीकरण र उद्यमशीलता विकास एवम् आर्थिक साक्षरता सचेतना कार्यक्रम सञ्चालन गर्दै नबिल किसान कर्जा र नबिल उद्यमशील कर्जा प्रवाह गर्दै आएको छ ।
पछिल्लो समय नबिल बैंकले सामाजिक उद्यमशीलताको विकास गर्ने ध्येयका साथ यसै वर्षदेखि गैरनाफामूलक कार्यक्रम नबिल स्कुल अफ सोसियल इन्टरपे्रनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रम सञ्चालनमा ल्याएको छ । यसै सन्दर्भमा नबिल बैंकको यो नवीनतम भनिएको नबिल एसएसई फेलोसिप कार्यक्रमले लिएको लक्ष्य, औचित्य र यसले समाजमा पार्ने दूरगामी प्रभावमा आधारित रहेर वित्तीय साक्षरता आर्थिक मासिकले नबिल बैंकका सिइओ ज्ञानेन्द्र प्रसाद ढुङ्गानासँग गरेको कुराकानीको सारसङ्क्षेप :
नबिल एसएसई फेलोसिप कार्यक्रम के हो ? यसले कस्ता गतिविधिहरुमा जोड दिन्छ ?
नबिल फेलोसिप कार्यक्रम मुख्य गरी क्षमता विकास, कृषि, शिक्षा, स्वास्थ्य, स्याहार, कला, समुदायको कल्याण, ऊर्जा लगायतका विभिन्न विषय तथा क्षेत्रहरुमा देशभर सामाजिक उद्यमशीलता प्रवद्र्धनलाई जोड दिने कार्यक्रम हो ।
नबिल बैंक लिमिटेडले नेपालमा उद्यमशीलताको विकास गर्ने उद्देश्यअनुरुप आफ्नो सामाजिक उत्तरदायित्वलाई प्रभावकारी बनाउने क्रममा “नबिल एसएसई फेलोसिप कार्यक्रम” सञ्चालनमा ल्याएको हो । नबिल एसएसई फेलोसिप कार्यक्रम बैंकको सामाजिक उद्ययमशीतामूलक एक नवीन उत्पादन हो । जसले हाम्रा विद्यमान सामाजिक समस्याहरूको समाधानका लागि सामाजिक उद्यमीहरूको उद्यमशीलता विकासमा टेवा पुर्याई उत्पादन, विकास, जीवनको गुणस्तर सुधार तथा सामाजिक कल्याण, आर्थिक समृद्धि, वित्तीय साक्षरता, दिगो सामाजिक प्रभाव सिर्जना गर्ने लगायतका काममा सघाउ पुर्याउँदछ।
यस फेलोसिप कार्यक्रममा आवेदन दिनका लागि के कस्ता मापदण्डहरु निर्धारण गरिएका छन् ?
यसका लागि सर्वप्रथम आवेदकमा उद्यम गर्छु भन्ने मानसिकता विकास हुनु पर्दछ । दोस्रो, आफूले गर्ने उद्यममार्फत् समाजमा सकारात्मक दिगो प्रभाव पार्ने नवीनतम सोच हुनु जरुरी छ। १८ देखि ५० वर्ष सम्मका नेपाली नागरिक जो शिक्षा, स्वास्थ्य सेवा, वातावरण, कृषि, खाद्य, जीविकोपार्जन, जलवायु परिवर्तन, ऊर्जा, आदिमा सामाजिक समस्याहरू समाधान गर्न व्यावहारिक व्यापार विचार भएको हुनु पर्दछ । साथै आवेदकहरू त्रिभुवन विश्वविद्यालयको विद्यार्थी वा पूर्व विद्यार्थी भएको हुनुपर्छ।
“सर्वप्रथम आवेदकमा उद्यम गर्छु भन्ने मानसिकता विकास हुनु पर्दछ । दोस्रो, आफूले गर्ने उद्यममार्फत् समाजमा सकारात्मक दिगो प्रभाव पार्ने नवीनतम सोच हुनु जरुरी छ ।”
त्यस्तै आवेदकमा अङ्ग्रेजी र नेपाली भाषाको मौलिक ज्ञान हुनु आवश्यक हुन्छ । चुनिएका फेलोजहरुले ६ महिनाको यस पाठ्यक्रममा १८ दिनको आवासिय तालिममा सहभागि हुन पाउनेछन् । यसको साथसाथै १ वर्षका लागि मेन्टरहरुको व्यवस्था बैंकले नै गर्ने गर्दछ, जो सँग आफ्ना व्यवसायका सम्पूर्ण कुराहरुमा मार्गदशन लिन सकिनेछ । त्यस्तै गरि सर्टिफिकेट कोर्सको लागि भने आवेदकहरू ३ महिनाको पाठ्यक्रममा १४ दिनको तालिममा सहभागि हुन पाउनेछन् ।
फेलोसिप कार्यक्रम कहाँ सञ्चालन हुन्छ र यसका लागि कति शुल्क तिर्नुपर्छ ? ...








