बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल लिमिटेड (बिफिन) ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस १४ गते बानेश्वर स्थित आफ्नै कार्यालयमा सभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले १४.७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।
कम्पनीको सभामा आर्थिक वर्ष २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७८ । ७९ को वासलात, विस्तृत नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण, पूँजीमा भएको परिवर्तन गायत तत्सम्बन्धी सम्पूर्ण अनुसुचीहरु उपर छलफल गरि स्विकृत गर्ने प्रस्ताव पेश हुने छन् ।





