त्रिशुली जलविद्युत कम्पनीको चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप, रकम भुक्तानी नगरे के हुन्छ?


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
त्रिशुली जलविद्युत कम्पनीको चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप, रकम भुक्तानी नगरे के हुन्छ?

नेपाल सरकारको ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत सञ्चालित त्रिशुली जलविद्युत कम्पनी लिमिटेड (TJVCL) ले आफ्ना शेयरधनीहरुलाई चुक्ता हुन बाँकी रकम भुक्तानी गर्ने म्याद थप गरेको छ।

कम्पनीले २०७५ चैत ७ गतेदेखि ११ गतेसम्म जारी पूँजी २ अर्ब ४७ करोड रुपैयाँको १५ प्रतिशत अर्थात ३७ करोड ५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित दरका ३७ लाख ५ हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरमा अंकित मूल्यको दश प्रतिशतका दरले प्रतिकित्ता १० रुपैयाँका दरले अग्रिम माग गरिएको थियो। सो शेयर २०७५ साल चैत १४ गते बाँडफाँट गरिएको थियो।

 

सो शेयरमा प्रतिकित्ता १० रुपैयाँका दरले रकम भुक्तानी गरेका शेयरधनीहरुलाई ८ प्रतिशत ब्याज प्रदान गरी प्रतिशेयर ८७ रुपैयाँका दरलेअसोज ४ गतेदेखि कात्तिक १७ गतेसम्ममा भुक्तानी गर्न माग गरेको थियो।

सो अवधिमा आवेदन नगरेका साविकका ४६ हजार १७९ जना सर्वसाधारण शेयरधनीहरुलाई भुक्तानी हुन बाँकी ८७ रुपैयाँमा रकम बुझाउने ३ महिनाको अवधिको वार्षिक ८ प्रतिशतका दरले लाग्ने प्रतिशेयर ब्याजदर रकम १ रुपैयाँ ७४ पैसा थप गरी भुक्तानी हुन बाँकी रकम ८८ रुपैयाँ ७४ पैसा मंसिर १८ गते अर्थात आजदेखि फागुन १७ गतेसम्म भुक्तानी गर्न माग गरेको छ। सो अवधिसम्ममा रकम नबुझाउने साविक शेयरधनीहरुको हकमा उनीहरुले आफ्नो बाँडफाँटमा परेको शेयरको अग्रिम रुपमा भुक्तानी गरेको रकम र सो रकममा कम्पनीले प्रदान गरेको ब्याज रकमले खामेजति संख्याको शेयर कायम गरी शेयरधनीहरुको नाममा रहेको बाँकी शेयर जफत गरिने कम्पनीले जनाएको छ।

Read More
  • EBL Ad news