एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकले गत वर्षकै अनुपातमा लाभांश दिने


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकले गत वर्षकै अनुपातमा लाभांश दिने

काठमाडौं । एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंक लिमिटेडले गत वर्षकै अनुपातमा यो वर्ष पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीको मंसिर १६ गतेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको अन्त्यसम्मको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चक्तापूँजीको आधारमा ५ दशमलव २६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

हाल कम्पनीको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ३२ लाख ११ हजार रहेको छ । सोही पूँजीको आधारमा रू. ६ करोड ४३ लाख ४० हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो । प्रस्तावित लाभांश सहितका अन्य विविध प्रस्ताव पारितका लागि पुस २० गते १०औं वार्षिक साधारण सभा गर्ने निर्णय पनि कम्पनीले गरेको छ । 

Read More
  • EBL Ad news