काठमाडौं : श्रीलंकाको सेयर बजार नोभेम्बर २१ देखि लगातार बढेको छ । त्यहाँको कोलम्बो स्टक एक्सचेन्ज १० कारोबार दिनमा १२.४०% ले बढेको हो । यस अवधिसम्म सूचक १ दिन मात्र घटेको छ । नोभेम्बर २१ मा ७८०१ को विन्दुमा रहेको अल सेयर प्राइस इन्डेक्स आज शुक्रबार (डिसेम्बर २) मा ८७६९ को विन्दुमा पुगेको छ । त्यस्तै, अर्को सूचक एस एन्ड पी एसएल २० पनि यस अवधिसम्ममा १७.२४% ले वृद्धि भएर २७७४ को विन्दुमा पुगेको छ ।
१० हजारको विन्दुबाट घट्न सुरु गरेको इन्डेक्स ७८०१ मा आएर रोकिएको थियो । यो सूचक अहिले फेरि बढ्न सुरु गरेको हो । आर्थिक संकटको सामान गरिरहेको देशमा सेयर बजारले देखाएको सकारात्मक संकेतले त्यहाँका लगानीकर्तालाई केही राहत भने मिलेको छ । औसत दैनिक कारोबार रकम पनि त्यहाँको मुद्रा भाउ अनुसार ४ अर्ब भन्दा धेरै हुने गरेको छ ।






