रेमिट्यान्स कम्पनी आईएमईले आइपीओ निष्काशन गर्ने भएको छ। कम्पनीको आज सम्पन्न २२ औँ वार्षिक साधारण सभाबाट उक्त प्रस्ताव पारित भएको छ।
यो संगै आइएमई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको बन्ने भएको छ। अव आइएमईले सर्वसाधारणका लागि छिट्टै प्राथमिक सेयर निष्कासन गर्ने छ। कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताए। यो प्रकृयाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरि नियामक धितोपत्र बोर्डमा निवेदन दिनेछ ।
सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ यो प्रकृया अगाडी बढ्नेछ ।





