यी हुन् २० प्रतिशतभन्दा धेरै दिने लाभांश दिने कम्पनी, युनिलिभरका सेयरधनी मालामाल


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
यी हुन् २० प्रतिशतभन्दा धेरै दिने लाभांश दिने कम्पनी, युनिलिभरका सेयरधनी मालामाल

 

सूचीकृत २८ कम्पनीले लाभांश घोषणा गरेका छन् । कम्पनीहरुले गरेको घोषणा अनुसार यसवर्ष सेयरधनीलाई सबैभन्दा बढी लाभांश युनिलिभर नेपालले दिँदैछ । युनिलिभरले यस वर्ष १२१५ रुपैयाँ नगद लाभांश दिँदैछ । अर्थात् सो कम्पनीको एक कित्ता सेयर हुने सेयरधनीले यसपालि १२ सय १५ रुपैयाँ लाभांश पाउँदैछन् । यसपालि घोषणा भएको लाभांशमा यो नै सबैभन्दा बढी हो ।

धेरै लाभांश दिनेमा दोस्रो नम्बरमा जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था परेको छ । सो संस्थाले सेयरधनीलाई ७६.८४ प्रतिशत लाभांश दिँदैछ । जाल्पाले यो लाभांशमध्ये ७३ प्रतिशत बोनस सेयर र ३.८४ प्रतिशत नगद लाभांश दिन लागेको हो । यस्तै, हिमालयन डिष्टिलरीले सेयरधनीलाई ७० प्रतिशत लाभांश दिन लागेको छ । यस्तो लाभांशमध्ये ६० प्रतिशत बोनस सेयर १० प्रतिशत नगद लाभांश हो ।

Read More
  • EBL Ad news