काठमाडौं : कालिन्चोक दर्शनले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १ करोड ८६ लाख ९६ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार आज (मंसिर १६ गते) दिउँसो १.३० बजेसम्म ३९१ जनाले १ लाख ८६ हजार ९६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा १.७३ गुणा बढी आवेदन हो ।
कालिन्चोक दर्शन लिमिटेडले बुधबार (मंसिर १४ गते) देखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले जारी पुँजी ६० करोडको २% ले हुने १ करोड २० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री खुला गरेको हो । तसर्थ, स्थानीयले १ लाख २० हजार कित्ता आइपीओका लागि आवेदन दिन सक्नेछन् ।






