काठमाडौं ।अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनीले गत आव २०७८/७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र शून्य दशमलव ४२१ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव विद्युत नियमन आयोगबाट स्वीकृती पाएपछि र कम्पनीको आगामी २५औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् । कम्पनीको मंसिर १६ गते बिहान १० बजे बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट गत वर्ष १० प्रतिशत बोनस शेयर र शून्य दशमलव ५२६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । यसरी हेर्दा गत वर्ष भन्दा यस वर्ष लाभांश दर घटेको हो ।






