म्याग्दी हाइड्रोपावरले आइपीओ प्रस्ताव सहित बोलायो एजीएम


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
म्याग्दी हाइड्रोपावरले आइपीओ प्रस्ताव सहित बोलायो एजीएम

काठमाडौं : म्याग्दी हाइड्रोपावर लिमिटेडले पुस ११ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको मंसिर १५ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा बस्ने निर्णय गरेको हो । सभा कम्पनीको रजिष्ट्रर्ड कार्यालय बालुवाटार, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पेश गर्नेछ । 

 

साथै, सभामा आर्थिक वर्ष २०७८–७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । त्यस्तै, आर्थिक वर्ष २०७९–८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि छ ।

Read More
  • EBL Ad news