काठमाडौं : भारतीय सेयर बजार लगातार आठौं दिन पनि बढेको छ । भारतको प्रमुख सेयर बजार सूचक ‘बीएसई सेन्सेक्स’ लगातार आठौं दिन बढेर ६३,२८४ विन्दुमा बन्द भएको छ । जुन सेन्सेक्सको हालसम्मकै उच्च क्लोजिङ विन्दु हो । इन्ट्रा डे कारोबारमा भने सेन्सेक्स ६३,५८३ को अल टाइम हाई विन्दुसम्म पुगेको थियो । यता, अर्को ‘निफ्टी ५०’ सूचक पनि हालसम्मकै उच्च विन्दुमा १८,८१२ विन्दुमा बन्द भएको हो । इन्ट्रा डे कारोबारमा निफ्टीले पनि १८,८८७ को अल टाइम हाई विन्दु छोएको थियो ।






