रेमिट आइपिओमा दुई दिनमै माग भन्दा बढी आवेदन, स्थानीयको पनि आकर्षण उस्तै, ९ हजार ९ सय ९० कित्तासम्मको आवेदन


  • Kumari Bank News Side AD
  • ADBL
  • Kamana Sewa Bikash Bank Ltd.
रेमिट आइपिओमा दुई दिनमै माग भन्दा बढी आवेदन, स्थानीयको पनि आकर्षण उस्तै, ९ हजार ९ सय ९० कित्तासम्मको आवेदन

कालिन्चोक दर्शन लिमिटेडले बुधवारबाट निष्कासन गरेको रेमिट आइपिओमा दोस्रो दिन नै माग भन्दा बढी आवेदन परेको छ।

केन्द्रीय निक्षेप प्रणाली(सिडिएससि)का अनुसार दोस्रो दिन नै एक लाख १७ हजार ७० कित्ताको लागि आवेदन परेको छ। २४८ आवेदकले एक करोड १७ लाख सात हजार रुपैयाँ बराबरको शेयर माग गरेका हुन्। जुन माग भन्दा बढी हो। कम्पनीले एक लाख आठ हजार कित्ताको लागि आवेदन खोलेको थियो।

 

 

आवेदन दिने धेरै जसोले कम्तीमा पनि ५०० कित्ताको लागि आवेदन दिएका छन्। आवेदन दिँदा ६ महिना भित्र खातामा ५० हजार रुपैयाँ रेमिटेन्स पठाएको हुनु पर्ने प्रावधान छ। सोही प्रावधानका कारण श्रमिकले ५० हजार रुपैयाँकै आवेदन बढी गरेका अनुमान सीडिएससिको छ। तर केहीले भने कम आवेदन पर्ने आँकलन गर्दै हजारौँ कित्ताको माग गरेको सिडिएससिको भनाई छ। रेमिट आइपिओमा एउटै व्यक्तिले सबैभन्दा बढी नौ लाख ९९ हजार रुपैयाँ बराबरको नौ हजार नौ सय ९० कित्ता शेयर माग गरेका छन्। कम्पनीले निष्कासन गरेको शेयरमा एक व्यक्तिले १० हजार ८०० कित्तासम्म आवेदन दिन सक्छन्।

सीडिएससिका अनुसार बुधवारसम्म जम्मा ३८० जना मात्रै आवेदनकोलागि योग्य ठहरिएका छन्। रेमिटेन्स खाता मार्फत छुट्टै सिआरएन नम्बर लिँदै उनीहरू आवेदनको लागि योग्य ठहरिएका हुन्।

उता स्थानीयको पनि शेयरमा उत्तिकै आकर्षण देखिएको छ। बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङका अनुसार बिहीबार बेलुकी साढे चार बजेसम्म ११ लाख दुई हजार रुपैयाँ बराबरको ११ हजार २० कित्ताकोलागि आवेदन परेको छ। १७५ आवेदकले उक्त रम बराबरको आवेदन गरेका हुन्।

Read More
  • EBL Ad news